नियम १०
पदपूर्ति समितिको गठन
: (१) प्रहरी सेवाको पदमा खुल्ला प्रतियोगिताद्वारा छनौट गरी नियुक्तिका लागि अख्तियारवाला समक्ष सिफारिस गर्न देहाय बमोजिमको पदपूर्ति समिति गठन हुनेछ :–
(क) लोक सेवा आयोगका अध्यक्ष वा निजले तोकेको आयोगको सदस्य – अध्यक्ष
(ख) सचिव, मन्त्रालय – सदस्य
(ग) प्रहरी महानिरीक्षक – सदस्य
(घ) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक –सदस्य–सचिव
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी निरीक्षकभन्दा तल्लो पदमा उपयुक्त उम्मेदवार छनौट गरी नियुक्तिका लागि अख्तियारवाला समक्ष सिफारिस गर्न लोक सेवा आयोग र मन्त्रालयको प्रतिनिधि समेत रहने गरी पदपूर्ति समितिले आवश्यकता अनुसार बढीमा पाँच सदस्य रहेको छुट्टाछुट्टै पदपूर्ति उपसमिति गठन गरी आफूमा रहेको अधिकार सुम्पन सक्नेछ ।
(३) पदपूर्ति समिति वा उपनियम (२) बमोजिमको पदपूर्ति उपसमितिले उम्मेदवार छनौटको लागि आवश्यकता अनुसार सम्बन्धित विषयको विशेषज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।